काठमाडौं, १५ असोज । विदेशीबाट सेकेन्ड ह्यान्ड ल्यापटपलाई नयाँ भनेर नेपाल ल्याएर बेच्ने कार्यमा चार कम्पनी संलग्न रहेको फेला परेको छ।

केहि दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँचका क्रममा सो फेला परेको हो ।

जाँचको क्रममा नयाँ ल्यापटपसँग मिसाएर पुराना ल्यापटप तथा कम्प्युटर भित्र्याउने १५ सय ‘सेकेन्ड ह्यान्ड’ ल्यापटप भन्सारले जफत गरेको छ ।

कार्यालयका अनुसार यसरी ल्यापटप ल्याउने कार्यमा संलग्न चार कम्पनीहरुमा एसआरपिसी ललितपुर, कौसिकी इन्फोसिस, पाकिजा कम्प्युटर र सनसाइन टेक्नोलोजी रहेका छन् ।

जसमा लगभग ५ सयथान अयोग्य ल्यापटप एसआरपिसी ललिलतपुरले मात्र ल्याएको छ।

भन्सार कार्यालयले यसरी केही थान ल्यापटप फेला पारेको भए पनि लामो समयदेखि सेकेन्ड ह्यान्ड ल्यापटकलाई नयाँ भन्दै बिक्री हुने गरेको र गोदाममा ठूलो परिमाणमा रहेको हुनसक्ने जनाएको छ।
केही दिनअघि भन्सार कार्यालयले ल्यापटपका बनोट र यसका प्राविधिक जाँच गरेको थियो। जाँच गर्दा कतिपय ल्यापटपका किबोर्डमा दाग बसेको तथा धुलो लागेको, अक्षर तथा शब्द मेटिएको देखिएको थियो। यस विषयलाई मध्यनजर गर्दै भन्सार कार्यालयले उपसचिवहरू अम्बिका खनाल र मुक्ति श्रेष्ठ सम्मिलित छानबिन समिति बनाएको थियो।

समितिले जाँचपास गर्न योग्य र अयोग्य भनेर ल्यापटप तथा कम्प्युटर छुट्ट्याएको थियो। जसमा लगभग ६ सयहाराहारी अयोग्य र बाँकी योग्य ल्यापटप फेला परेको थियो। अयोग्य ल्यापटपका सन् २०१७ मै वारेन्टी सकिएका, पहिले धेरै प्रयोग भएका तर नयाँ भनेर नयाँ सरह भन्सार मूल्य तिर्ने गरेको पाइएको छ।

वातावरण मन्त्रालयबाट प्रमाणित गरी ती ल्यापटप जफत गर्ने तयारी गरेको र यस्ता ल्यापटप जाँचबुझ कार्य थप प्रभावकारी बनाउँदै लैजाने तथा बजार अनुगमन निकायलाई बजारमा यस्ता विद्युतीय सामग्री अध्ययन गर्न आग्रह गर्ने भन्सार कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर