भारत, ५ असोज । भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको दिल्लीस्थित एम्स अस्पतालमा आज निधन भएको छ ।

५८ वर्षिय श्रीवास्तवलाई साउन २५ गते हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो।
उनको लामो समयसम्म भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज निधन भएको अस्पताललाई जनाउँदै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

श्री वास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्को अध्यक्ष थिए।

सन् २००५ मा द ग्रेट इण्डिया लाफ्टर च्यालेन्जमा भाग लिएपछि उनी चर्चामा आएका थिए। उनले हिन्दी चलचित्रमा समेत अभिनय थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर