खोटाङ, १ कात्तिक । काठमाडौंबाट खोटाङतर्फ गइरहेको को १ ज २९७६ नम्बरको सुमो गाडी सुनकोसीमा खस्दा घटनास्थलमा तीन जना महिलाको मृत्यु रतीनजना वेपत्ता भएको प्रहरीले जनाएको छ ।
मृतक तीन जना सहित बेपत्ता रहेका तीन जनाको समेत पहिचान खुल्न वाकी रहेको र वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । काठमाडौबाट खोटाङ गइरहेको सुमो गाडी सिन्धुलीको फिकल गाउँपलिका ६ स्थित सडकबाट २०० मिटर तल सुनकोसी नदीमा खसेको थियो ।
कात्तिक १ गते राति करिब साँढे २ बजेको समय खसेको गाडी कोसीमा आधा डुबेको अवस्थामा भेटिएको छ । गाडीमा चालकसहित १० जना सवार रहेका थिए । ४ जनाको उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको जनाइएको छ ।
उद्धार गरिएको घाइतेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङका ३८ वर्षीया सम्झना राई, सम्झनाको छोरी १२ वर्षीया शिवानी राई, दिक्तेल घर बताउने १३ वर्षीय अंकित विश्वकर्मा र सुमो चालक ओखलढुंगाका आशिष बिस्ट रहेका छन । प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको बताइएको छ।
