काठमाडौं, ३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध रु ६ करोड २४ लाख गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको र सो जागिरको अवधिमा रु २६ लाख ६१ हजार आर्जन गरेका थिए।

तर उनको खर्च र लगानी (जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैंया पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
भण्डारीले यो अवधिमा पारिश्रमिक, श्रीमतीको तलबबाट बचत, सञ्चय कोषबाट लिएको ऋण र जागिर सुरु हुनुभन्दा अघिको बचतलाई समेत देखाएर आफूले कानूनसम्मत आर्जन गरेको दाबी गरेका थिए।

तर अख्तियारले त्यो दावी अस्विकार गर्दै रु ६ करोड २४ लाख ६५ हजार गैरकानूनी रुपमा आर्जन गरेको निष्कर्ष निकालेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर