दाङ , २८ फागुन । डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले उनलाई काठमाडौंस्थित काँडाघारीबाट पक्राउ गरेको हो ।
तुलसीपुर मेयर एवं नेकपा एमालेका नेता घनश्याम पाण्डेका छोरा हुन् ।
घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै उनी विरुध्द प्रहरीमा उजुरी दिएका थिए ।
उनले तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका थिए ।
सवारी साधन प्रयोग गरेवापतको रकम १ करोड ४४ लाख १७ हजार ७७६ रुपैयाँ दिनुपर्ने र दिएको सानिमा बैंकको १ करोड ८ लाख ५७ हजार ७७६ रुपैयाँको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।
