काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज एक समारोह वीच पद तथा गोपनीयताको शपथ लिएका छन्।
पार्टी कार्यालय सानेपामा पार्टी सभापति गगनकुमार थापाले उहाँहरूले शपथ गराउनुभएको हो । नवनिर्वाचित पार्टी सभापति थापाले भने दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।
समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ।
गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो।
