काठमाण्डौं, २० फागुन । सरकारलेनेत्रविक्रम चन्द (विप्लव) को नेतृत्वमा रहेको माओवादी पार्टी नेकपामाथि लगाएको प्रतिवन्ध हटाउने निर्णय गरेको छ ।
यो निर्णय आज बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको हो ।
आजै विहान सरकार र सो पार्टीबीच भएकोवार्तामा सहमति भएअनुसार सरकारकातर्फबाट यस्तो निर्णय भएको हो ।
यसैगरी नेकपा चन्दका थुनामा रहेका बसै नेता तथा कार्यकर्ताहरूलाई पनि रिहा गरिने भएको छ । यसबारे सरकारको निर्णय अनुसार गृहमन्त्रालयले चन्दका कार्यकर्ता र नेतालाई रिहा गर्नू भनी सम्बन्धित निकायमा निर्देशनसमेत गरिरकेको छ ।
चन्दको नेकपा उपर सरकारले २०७५ फागुनमा प्रतिबन्ध गलाएको थियो भने सो पार्टीका सयौं कार्यकर्ता प्रहरी हिरासत र थुनामा छन् ।
गत मंगलबर मात्रै सरकार र विप्लवको पार्टी दुबैले वार्ताटोली गठन गरेका थिए । बुधबार सरकार र चन्दको पार्टीकाबीच दुई चरणमा वार्ता भएको थियो ।
सहमतिको विस्तृत विवरण शुक्रबार अपराह्न २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने सहमतिपत्रमा उल्लेख छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका तर्फबाट महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिबन्ध फुकुवा र बन्दी बनाइएका आफ्ना कार्यकर्ता रिहाई गर्नुपर्ने भनी चन्दको पार्टीले वार्ताको लागि पहिलो शर्त राखेको थियो ।