काठमाण्डौं, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द (विप्लव) को नेतृत्वमा रहेको माओवादी पार्टी बीच वार्ता भएको छ । वार्ताको यो पहिलोचरण आज बुधबार बिहानबाट शुरु भएको हो ।नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माका संयोजकत्वमा मङ्गलबार अलगअलग वार्ता समिति सार्वजनिक भएको थियो ।

हिंसात्मक गतिविधिमा प्रतिबन्ध लगाइएको सो समूह राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा वार्ता र संवाद गर्न तयार भएपछि वार्ता प्रक्रिया अघि बढेको हो ।

हिजो मंगलबर मात्रै सरकार र विप्लवको पार्टी दुबैले वार्ताटोली गठन गरेका थिए । वार्ताटोलीमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई एवं विप्लवका तर्फबाट सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदय चलाउने दीपक हुनुहुन्छ ।

सरकारका व्यक्ति र यो पार्टीका नेताबीच भएको पटकपटकको अनौपचारिक वार्ता र छलफलपछि दुबै पक्ष औपचारिक रूपमा वार्तामा बस्नराजी भएक हुन्।

भूभिगत भएर राजनीतिक परिवर्तनकालागि हिंसात्मक गतिविधिहरू संचालन गरिरहेको चन्दको नेकपा उपर सरकारले २०७५ फागुनमा प्रतिबन्ध गलाएको थियो ।

सरकारले लगाएको प्रतिबन्ध फुकुवा   र बन्दी बनाइएका आफ्ना कार्यकर्ता रिहाई गर्नुपर्ने भनी यो पार्टीले वार्ताको लागि पहिलो शर्त राखेको छ ।

आजको पहिलो चरणको वार्ताबसाई तिनै शर्तमाथि केन्द्रीत रहेको बुझिएको छ । वार्ता सकारात्मक टुंगोमा पु-याउन सरकारले प्रतिबन्ध हटाउने र थुनामा रहेका विप्लवका कार्यकर्ता रिहा गर्ने तयारी गरिरहेको थाहा भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर