काठमाडौँ, ३ फागुन ।  गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको युगल गायनमा समावेश प्रेमिल शैलीको नयाँ म्युजिक भिडियो ‘तिमी हौ तिमी’ सार्वजनिक भएको छ।

अस्ट्रेलियामा बसेर संगीत र भिडियो निर्माणमा सक्रिय  शिशिरजय खरेलको  यस गीतमा शब्द संगीत रहेको छ।  विषम आचार्यको गीतमा संगीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा आर्यन सिग्देल र पूजा शर्मा बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई देख्न सकिन्छ।

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।  शिशिरजय खरेल निर्माता रहेको यस भिडियोलाई रोजन ढकाल र एस पिपुल एजुकेशन एण्ड  भिजा सर्भिसेसको सहकार्यमा  ‘जय हो’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

भिडियो लिंक: https://youtu.be/yK1r0B-elBY


प्रतिक्रिया

सम्बन्धित खवर