काठमाण्डौं, ६ पुस । नेपाली कांग्रेसको केन्द्रिय सदस्य पदमा गण्डकी प्रदेशबाट ध्रुव वाग्ले र  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) र निर्वाचित हुनुभएको छ।

नेपाली कांग्रेसको विधान अनुसार केन्द्रिय समितिमा हरेक प्रदेशबाट खुल्लारूपमा २/२ जना निर्वाचित सदस्य रहन्छन् ।

कांग्रेसको निर्वाचन समितिले आज मंगलबार घोषणा गरेको मतपरिणामअनुसार विजयी वाग्लेले २७२० र नेपालीले २३०६ मत प्राप्त गर्नुभएको छ । नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ ।

गण्डकी प्रदेशको खुल्लातर्फको केन्द्रिय सदस्यका लागि गत मंसिर २७ गते भएको मतदानमा ४६६४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

नेता वाग्ले शेरबहादुर देउवा पक्षका र नेपाली शेखर कोइराला पक्षका हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर