काठमाण्डौं, ६ पुस । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा नेपालका खर्वपति व्यापारी विनोद चौधरी निर्वाचित हुनुभएको छ। उहाँ मधेशी तर्फको कोटाबाट निर्वाचित हुनुभएको हो ।

कांग्रेस निर्वाचन समितिले आज मंगलबार घोषणा गरेको मतपरिणाम अनुसार मधेशी कोटाबाट निर्वाचित हुने अन्यमा अजय चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, र दिनेशकुमार यादव हुनुहुन्छ ।

यी निर्वाचित मध्ये अजय चौरसियाले सबैभन्दा बढी २५२२ प्रप्त गर्नुभएको छ ।

त्यसैगरी विनोद चौधरी २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार राय १९८४ र दिनेशकुमार यादव १९५९ मत ल्याइ विजयी हुनुभएको हो । चन्द्रमोहन पूर्व राष्ट्रपति रामवरण यादवका छोरा हुनुहुन्छ ।

मधेशी कोटाबाट निर्वाचित यी पाँचमा चार जना शेरबहादुर देउवा पक्षका र एक जना चन्द्रमोहन यादव मात्र शेखर कोइराला पक्षका हुनुहुन्छ ।

नेपाली कांग्रेसको हालै सम्पन्न चौधौं महाधिवेशन अन्तर्गत गत मंसिर २७ गते सो पार्टीको सभापति लगायतका पदाधिरकारी र केन्द्रिय सदस्यको निर्वाचनको लागि मतदान भएको थियो । सभापतिलगायत पदाधिकारीको परिणाम  आइसकेको छ भने सदस्यहरूको सबैतिरको मतगणना अझै सकिएको छैन ।खुल्ला तर्फको सकिएको छ । समावेशी तर्फको मतगणना पनि अब अन्तिम चरणतिर पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर