काठमाडौ, २९ मंसीर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भर्खरै पार्टी सभापतिमा निर्वाचित हुनुभएकोमा शेरबहादुर देउवालाई बधाई र सफल कार्यकालको शुभकामना दिँदै सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा ध्यान पुर्‍याउन आग्रह गर्नुभएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै नेता पौडेलले आज एक विज्ञप्ति जारी गर्दै सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानमार्फत जारी संविधान अहिले पनि खतरामुक्त नभइसकेको र नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी रहेको बताएका छन् ।   उहाँले यी दुवै संकटबाट देशलाई पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेसको आवश्यकता रहेको औँल्याउनुभएको छ ।

विज्ञप्तिमा लोकतन्त्रको रक्षा र सुशासन दिन सभापतिलाई सफलता मिलोस् भन्दै शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर