काठमाडौं,  २८ मंसीर । नेपाली कांग्रेस सभापतिका उमेदवार शेरबहादुर देउवालाई विमलेन्द्र निधिले पनि समर्थन गर्नुभएको छ ।

आज बिहान उहाँहरु वीच भएको छलफल पश्चात निधिले देउवालाई समर्थन गर्ने निर्णय भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभएको छ ।
सभापति उम्मेदवार प्रकाशमान सिंहले देउवालाई यस अगाडि नै समर्थन गर्नुभएको थियो ।
पार्टीको विधानअनुसार सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत भन्दा बढी मत आउन आवश्यक छ ।

५० प्रतिशत बढी मत नआए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। यसरी हेर्दा अब देउवा र कोइरालाबीच निर्वाचन हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर