काठमाण्डौं २६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रदेश नम्वर दुईबाट आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ । सो प्रदेशबाट उम्मेदवारी दिएका जंगीलाल यादवले आज शनिबार नाम फिर्ता लिएपछि उहाँहरू निर्विरोध चयन भएको निर्वाचन समितिका एक सदस्यले जनाए ।
रिजाल र ढुंगाना दुबै जना सभापतिका उम्मेदवार शेरबहादुर देउवा पक्षीय हुनुहुन्छ । ढुंगाना धनुषा जिल्लाको हुनुहुन्छ भने रिजाल पर्सा जिल्लाको हुनुहुन्छ ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशन २४ गते शुक्रबारबाट काठमाण्डौंमा भैरहेको छ । यो अधिवेशनले कांग्रेसको आगामी नेतृत्व छान्दैछ । महाधिवेशनमा लगभग ४७ सय प्रतिनिधि सहभागी छन् ।भोलि सोमबार मतदनको कार्यक्रम छ ।
