काठमाण्डौं, २१ मंसिर । आगामी माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुन योग्यता पुगेका नागरिकले आउँदो पुस २० गतेका दिन आफ्नो उम्मेदवारीको लागि मनोनयन पत्र दर्ता गर्नुपर्ने छ । राष्ट्रिय सभाको १९ रिक्त सदस्यको लागि २०७८ माघ १२ निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले आज सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी सो कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।
निर्वाचन आयोगको आजै बसेको बैठकले सो कार्यतालिका स्वीकृत गरेको हो।
यस्तो छ, आयोगले सार्वजनिक राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका :

