काठमाण्डौं,१९ मंसिर । नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्र बानियाँ निर्वाचित हुनु भएको छ । उहाँ दोस्रोपल्ट भएको मतदानमा ५० प्रतिशत मत कटाएर विजयी हुनुभएको हो ।

दोस्रो चरणको मतदानबाट विजयी बानियाँले १०८५ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी  जगदीश्वरनरसिंह केसीले ९२७  मत ल्याउनु भयो । आइतबार भएको दोस्रो चरणको मतदानमा त्यहाँ २ हजार २६ मत खसेको थियो ।

विजयी बानियाँ देउवा समूहको हुनुहुन्छ । त्यहाँ रामचन्द्र पौडेल समूहबाट र केसी उठ्नुभएको थियो ।

पहिलो चारणको मतदानमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि धेरै मत ल्याउने दुइजना बीच त्यहाँ दोस्रो पटक मतदान गराइएको थियो ।

पहिलो चारणमा इन्द्र बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधान तीन जनाबीच प्रतिस्पर्धा भएको थियो ।

पहिलो स्पर्धाको मतदानमा इन्द्रबहादुर बानियाँले नै सबैभन्दा धेरै मत ९९२ मत प्राप्त गर्नुभएको थियो । तर ४८ प्रतिशत मात्र । सभापति चुनिन ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्छ ।

अर्का प्रत्याशी जगदीश्वरनरसिंह केसी ८७२ मत ल्याएर दोस्रो हुनुभएको थियो ।

सभापतिका अर्का उम्मेदवार भीमसेनदास प्रधानले १९७ मत मात्र प्राप्त गरेर दोस्रो चरणको चुनावी मैदानबाट बाहिरिनु भएको थियो । प्रधान सिटौला समूहबाट सभापतिमा उठ्नुभएको थियो ।

पछि दोस्रो चणरको मतदानमा सिटौला समूहले बानियाँलाई समर्थन गरेको समाचार आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर