काठमाण्डौं १८ मंसिर । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य महेश आचार्यले आफू उप-सभापतिको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

विराटनगरमा आज शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सो घोषणा गर्नुभएको हो ।

आगामी वर्षहरूको लागि कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयन हुँदैछ ।

सो महाधिवेशन यही मंसिर २४ गतेबाट काठमाण्डौमा सुरु हुँदैछ । महाधिवेशनको दिन नजिकिँदै गर्दा केन्द्रीय नेतृत्वका आकांक्षीहरू धमाधम आफू अनुकूल पदको लागि उम्मेदवारी घोषणा गरिरहेका छन् ।

उपासभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएका नेता महेश आचार्य कांग्रेसभित्र मात्र हैन जनस्तरमासमेत अत्यन्त भद्र र शालीन व्यक्तिको रूपमा चिनिनुहुन्छ ।

पटक पटक मन्त्री भैसक्नुभएका  आचार्यले आफ्नो उम्मेदवारीबारे स्पष्ट पार्दै पत्रकार सम्मेलनमा बताउनुभयो :  कांग्रेसको विधान, नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न मैले उपसभापति पदमा उम्मेदवारी दिन लागेको हुँ ।

उहाँका अनुसार, नेपाली कांग्रेस वैचारिक हिसाबले शून्य बन्दै गएको, छ । यसमा  सैद्धान्तिक-वैचारिक छलफल हुन छोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर