काठमाण्डौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काठमाण्डौंमा भैरहेको अधिवेशनमा आज आगामी नेतृत्वको चयन हुँदैछ ।

त्यसनिम्ति स्थनीय भृकुटीमण्डपमा मतदान केन्द्र राखिएको छ । त्यहाँ दिउँसो १२ बजेबाट मतदान सुरु भएको छ । मतदान कार्य झण्डै ४ घण्टा ढिलो सरु भयो । तर पनि निर्वाचन समितिले निर्धारित समय साँझ ५ बजे नै मतदान कार्य सकिने गरी प्रक्रिया अघि बढाइएको जनाएको छ । मतदान कार्यमा अध्यक्ष पदको लिग विद्युतीय मेसिन र अन्य पदमा हाते मतपत्र प्रयोग गरिएको छ ।

सो पार्टीको अध्यक्ष पदमा दुइ उम्मेदवार खडा भएका छन् कमल थापा र राजेन्द्र लिङ्देन ।

थापा सो पार्टीको अध्यक्ष रहेका नेता हुन् भने लिङ्देन वर्तमान प्रतिनिधि सभामा सो पार्टीको तर्फबाट जन-निर्वाचित एक मात्र  सांसद छन् ।

राप्रपाको विधान वमोजिम केन्द्रिय समिति १ सय ९९ सदस्यीय हुन्छ । त्यसमा मध्ये अध्यक्षसहित एक सय ४९ जना (पदाधिकारी र सदस्य गरेर) निर्वाचित हुन्छन् । अन्य ५० जना भने निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।

आजको निर्वाचनबाट समावेशीसहित १४१ केन्द्रीय सदस्यका छानिने छन् । त्यसमा २ सय ६४ जनाले स्पर्धा गरेका छन् ।

त्यसैगरी पदाधिकारीमा भने १६ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर