काठमाण्डौं, १७ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूको कक्षा १२ को परीक्षाफल आज शुक्रबार प्रकाशित भएको छ । यो परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

त्यो परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । कोरोनाको कारण भदौ ३० अघि यो परीक्षा दुइ पटक भएको थियो । भदौ ३० गते भने भौतिक रूपमै उपस्थित भएर विद्यर्थीहरूले परीक्षा दिएका थिए ।

बोर्डका अनुसार, परीक्षा परिणाम बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा  https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न मिल्छ । त्यसैगरी एसएमएसबाट पर्णाम हेर्न NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउनु पर्दछ । यस्तै, आईभिआरबाट परीक्षाफल हेर्न १६०१ डाइल गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर