काठमाडौ, १४ मंसीर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि धर्ना गरेको छ ।
प्रधानन्यायाधीशको प्रवेश रोक्न सांकेतिक रूपमा मुख्य प्रवेशद्वारमा बारले दैनिक एक घन्टा धर्ना दिँदै आएको छ।
यस अघि धर्नामा प्रधानन्यायाधीश विरुध्द नारा लागेपनि आजको धर्नामा नारा लागेको थिएन ।
प्रधानन्यायाधीशलाई कोरोना लागि अस्पताल भर्ना भएकोले सांकेतिक रुपमा उहाँकोे स्वास्थ्य लाभको कामना गर्दै नारा लगाइएको वुझिएको छ ।
