काठमाण्डौं, ३ मंसिर । आज चन्द्रग्रहण लाग्दैछ । पूर्वी एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रबाट देखिने यो चन्द्रग्रहण शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण हो ।

जति लामो भए पनि नेपालबाट भने यो चन्द्रग्रहण देखिँदैन । पूर्वीय धर्मशास्त्रको मान्यता अनुसार, नदेखिने हुँदा यो ग्रहणको सूतक लागदैन ।

यस्तै लामो चन्द्रग्रहण यसअघि ५८० वर्ष पहिले सन् १४४० को फेब्रुअरी १८ मा लागेको थियो ।

समाचारहरूमा जनाइए अनुसार यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । तर ग्रहणले चन्द्रमालाई पूरै भने ढाक्ने छैन । चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिने यो ग्रहणको अवस्था नेपाली समय अनुसार आज दिउँसो एक बजे उच्च विन्दुमा पुग्ने छ ।

घुम्दै गर्दा सूर्य र चन्द्रमाको बीचमा पृथ्वी परेको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । त्यहीँ खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ ।

अब यस्तै लामो चन्द्रग्रहण सन् २६६९  फेब्रुअरी ८ को पूर्णिमाको दिन लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर