काठमाण्डौ, २ मंसिर । वकिलहरूले प्रधानन्यायाधीश चोल्न्द्र शम्शेर राणाको राजिनामाको माग गर्दै सर्वोच्च अदालतमा आज पनि धर्ना दिएका छन् । उता सर्वोच्चका न्यायाधीशहरू मुद्दाको पेसी गोलाप्रथाद्वारा गर्ने व्यवस्था मिलाउन जुटेका छन् ।

गोलाप्रथाद्वारा पेसी तोक्ने व्यवस्था गर्ने निर्देशिका प्रधानन्यायाधीशको विपक्षमा रहेका न्यायाधीशहरूले बनाइसकेका छन् । यो निर्देशिका पूर्ण इजलासबाट पारित गरेर प्रधानन्यायाधीशले प्रमाणित गरेपछि मत्र लागू हुने प्रक्रियमा जानेछ ।

सर्वोच्चको पूर्ण इजलास आजै बिहीबार बस्दैछ । यो इजलास बोलाउने प्रस्ताव हिजो असन्तुष्ट न्यायाधीशहरूले गरेका थिए ।

प्रधानन्यायाधीश सुरुदेखिनै गोलाप्रथा लागू गर्न नहुने पक्षमा हुनुहुन्थ्यो । तर आजको पूर्ण इजलासमा उहाँले के धारणा राख्नुहुन्छ वा त्यसमा सहभागी नै हुनुहुन्न त्यो स्पट छैन । यद्यपि उहाँ न्यायाधीशहरूको प्रस्ताव वमोजिम पूर्ण इजलास बोलाउन भने सहमत भैसक्नुभएको छ । सम्बद्ध समाचार सूत्रका अनुसार, सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई यसबारे प्रन्या राणाले निर्देशन दिइसक्नुभएको छ ।

सर्वोच्चमा विगत २२ दिनदेखि वन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा प्रन्यासित असन्तुष्ट र वकिल र उनीहरूको संस्था बारको मागमा समर्थन जनाउने न्यायाधीशहरूले हेरेका छैनन् । हिजो बुधबार मात्रै केही न्यायाधीशहरूले अन्य मुद्दा पनि हेरेका थिए । तर वकिलहरू भने बहसमा गएका छैनन् ।

वकिलहरूको एक सूत्रीय माग छ प्रन्याको राजिनामा । यसनिम्ति बारले प्रन्या विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णयसमेत गरिसकेको छ ।

प्रधानन्यायाधीश राणामाथि अदालतमा विचौलिया बढाएको, भ्रष्टाचार गरेको र कार्यपालिकामा आफ्नो भाग खोजेको वकिलहरूको आरोप छ ।

वारको आन्दोलनलाई केही भूतपूर्व प्रधानन्यायाधीशहरूको समर्थन पनि रहेको छ । केही युवा वकिलहरूको जमात भने न्यायालय शुद्धिकरणको लागि उठाइएका मागबारे सहमत भए पनि इजलासमा वहस गर्न छोडेर धर्ना र जुलुसवाजी गर्दा सर्वसाधारण मर्का परेको भन्दै बारले आन्दोलनको रूप परिवर्तन गर्नुपर्ने पक्षमा देखिएको छ । यो जमात धर्ना र प्रदर्शनमा खुलेर लागेको छैन ।

यसैबीच प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुको आजको धर्ना कार्यक्रममाथि प्रहरीले बल प्रयोग गरेको छ । ती वकिलहरू सर्वोच्चको मूलगेटमा घर्नामा बसेका थिए । प्रहरीले बल प्रयोग गर्दा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतका वकिलहरू घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर