काठमाडौँ, ३० कात्तिक।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यका लगायत देशभर बिहानैदेखि देखिएको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । काठमाडौंका अधिकांश सडकहरू सुनसान बनेका छन् । उपत्यका बाहिरबाट भित्रने गाडीहरु निकै न्यून मात्रामा आइरहेका छन् ।

बन्द निष्प्रभाबी पार्न सरकारले बिप्लबका कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । अहिले सम्म १०० जना बन्दकर्ता परि सकेको जानकारी प्रप्तभएको छ । आज बिहानै तनहुंमा ११ जना कास्किमा ८ जना चितवनमा १० जना र काठमाण्डौमा ६ जना बन्दकर्तालाई सरकारले नियण्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बजारका विभिन्न स्थानबाट शंकास्पद गतिविधिमा सङ्लग्न आठ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयमा राखिएको बताइन्छ । सडकमा बन्दकर्ताको उपस्थिति नरहेकाले निर्वाध सवारी तथा व्यवसाय सञ्चालनको अवस्था रहेको प्रहरीको भनाइ छ ।

बन्दका क्रममा अप्रिय घटना हुन नदिन कास्की प्रहरीले ६३५ जना प्रहरी परिचालन गरिएको प्रनाउ हमालले जानकारी दिनुभयो । नेकपाका जिल्ला सदस्य एवं कार्यालय सचिव काजी गुरुङ, विद्यार्थी नेता युवराजलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेकपा स्रोतले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो । सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पु¥याउन पाएका छैनन् । थापाले भन्नुभयो, “जिल्लाभर अवरोध गर्न खोज्नेलाई तत्काल पक्राउ गर्ने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।”

बन्द आह्वानका कारण अन्य दिनमा झै सवारी साधन भने चलेका छैनन् । बिहानैदेखि बजार क्षेत्र सुनसान देखिएको छ ।

नेपाल बन्द गराउँदै हिँडेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)का ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साँखु र महाराजगञ्जबाट ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले  जानकारी दिनुभयो ।

                                                            बिराटनगर, पोखरा र बुटवल को आज बिहानको फोटो

प्रतिक्रिया

सम्बन्धित खवर