काठमाडै, २५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले भोली उहाँलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सो जानकारी दिदै भोली बिहान १० बजे सर्वोच्च गेटमा उपस्थित हुन कानुन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
उहाले न्यायाधीशहरुलाई वेञ्च बहिष्कार गर्न तथा प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्न समेत आग्रह गर्नुभएको छ ।
