काडमाण्डौं २१, कार्तिक । नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक यही कार्तिक २८ गते आइतबारको लागि बोलाइएको छ । काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी यो जानकारी गराउनु भएको हो ।
बैठक सो दिन दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने छ । विज्ञप्तिमा काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिको लागि अनुरोधसमेत गरिएको छ । तर बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन ।
नेपाली काँग्रेस १४ औं महाधिवेशन तयारीमा छ । पटक पटक महाधिवेशन मिति सरिँदा स्थनीय अधिवेशनहरू गर्दा गर्दै रोकिएको अवस्थामा छन् । ६५ जिल्लामा वडा र पालिका अधिवेशनहरू भए पनि बाँकी १३ जिल्दुलामा वडा अधिवेशन भएको छैन । ती मध्ये दुईटा जिल्लाको क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन ।
पछिल्लो कार्यतालिका अनुसार काँग्रेको केन्द्रीय महाधिवेशन आगामी मंसिर २८ गतेको सुरु गर्ने काँग्रेस निर्वाचन समितिको प्रस्ताव छ ।
आगामी केन्द्रीय बैठक त्यही अधिवेशनको सेरोफेरो र समसामयिक राजीतिक अवस्थाबारे केन्द्रित हुने नेताहरूले बताएका छन् ।
यता विगत दुइ सातादेेखि प्रधान न्यायाधीशको विषयलाई लिएर सर्वोच्च अदालतमा विवाद उत्पन्न भएर कुनै पनि मुद्दाको सुनुवाई भएको छैन । न्यायाधीशहरूले इजलास बहिस्कार गरेका छन् भने वकिलहरूले वहसमा भाग लिइरहेका छैनन् । वकिलहरूको आधिकारिक संस्था नेपाल बार एसोसिएसनले प्रन्या विरुद्ध आन्दोलन गिररहेको छ ।
सर्वोच्चका केही न्यायाधीश र वकिलहरूका कारण देशको सर्वोच्च न्यायालय वन्दीमा परेको यो अवस्थामा हुन लागेको सत्तानेतृत्वामा रहेको काँग्रेसको बैठकलाई निकै महत्वपू्र्ण अपेक्षाकासाथ हेरिएको छ ।
काँग्रेसका केही नेताहरूले न्यायालय विवादबारे निजी धारणा सार्वजनिक गरे पनि यसबारे काँग्रेस पार्टीको आधिकारिक धारणा आएको छैन ।
