काठमाडौँ, ९ फागुन । आगामी वैशाख २३ देखि २७ सम्म आयोजना हुने चौथौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का लागि ५२ देशका ६३ फिल्म छनोट गरिएको छ ।
निफव्दारा विज्ञप्ति अनुसार आन्तरिक छनोट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने फिल्म मध्येबाट ३१ देशका ६३ फिल्म फिल्मलाई छनोट गरिएको छ ।

कोरोना महामारीका कारण केही पूरा हुन नसकेका र रिलिज नभएको कारण नेपाली फिचर फिल्म प्रतिस्पर्धामा आउन नसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फागुनमै गर्ने भनिएको महोत्सव कोरोनाका कारण वैशाखमा सारिएको जनाइएको छ ।
फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय