लहान, ९ फागुन । सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल , रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको कर्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नीजामति कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर