काठमाडौं २१ असोज । अभिनय निरौला र रन्जना तिमल्सिना अभिनित प्रेमिल शैलीको ‘हुन्न नभन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायक अभिनय निरौला र गायिका अस्मिता अधिकारीको स्वर समावेश छ। योगेन्द्र उपाध्यायले संगीतवद्द गरेको यस गीतलाई सुवाश जोशीले संगीत संयोजन गरेका हुन्।

रोमाण्टिक भर्सनको यस गीतमा सायरी समेत प्रयोग गरिएको छ। ए. धिल्लोनले छायांकन गरेको यस भिडियोलाई बि. लिङ्ग्देनको सम्पादन र निर्देशनमा तयार पारिएको हो। ‘अभिरन इन्टरटेन्मेण्ट’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

भिडियो लिंक: https://youtu.be/WgG1kvKXIcE

प्रतिक्रिया

सम्बन्धित खवर