काठमाण्डौं, ७७ फागुन । दुइ नम्वर प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई हटाइको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज हटाउनु भएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार परियारलाई संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख वममोजिम पदमुक्त गरिएको हो ।
राष्ट्रपति भण्डारीले परियारलाई हटाएर रिक्त हुन गएको सो पदमा राजेश झालाई आजै नियुक्तसमेत गर्नुभएको जनाइएको छ ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि उत्पन्न सत्तारुढ पार्टी नेकपा भित्र बढेको अन्तर्द्वन्द्वले पार्टी विभाजन औपचारिकता संनिकट पुगेको वेला राष्ट्रपतिले यो कदम चाल्नुभएको छ ।