काठमाडौँ, १ असोज । प्रेमी प्रेमिकाले एक अर्कालाई देख्न भेट्न नपाउदाको छटपटी, निराशालाई समेटेर तयार पारिएको प्रेमिल शैलीको ‘एकै छिन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायिका मेलिना राई र गायक किरण गजमेरको युगल गायन यस गीतमा सुन्न सकिन्छ। गीतकार गोपाल लोहारको शब्दमा रहेको यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेका हुन्। गीतमा विषम आचार्यको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा प्रभात पाल ठकुरी र कविता न्यौपाने फिचर्ड छन्। श्याम तामाङ्गले छायांकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

भिडियो लिंक: https://youtu.be/3CuVy5SeOqA

प्रतिक्रिया

सम्बन्धित खवर