भारत,४ फाल्गुन । फिल्म ‘एमएस धोनी’ मा सुशान्तसिंह राजपूतको साथीको भूमिका निभाएका सन्दीप नाहारले मगंलबार मुम्बईको गोरेगाउँस्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका छन् ।

उनले आफ्नो फेसबुक पेजमा सुसाइड नोट पोष्ट गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । जसमा उनले लेखेका थिए, ‘अब जिउने इच्छा नै छैन।’ जुन पछि हटाइएको थियो ।

घटनाको अघिल्लो साँझ उनले सामाजिक सञ्जालमा राखेको भिडियो र सुसाइड नोटमा पत्नी विरुद्ध गम्भीर आरोप लगाएको समेत भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनले कसरी आत्महत्या गरे भनेर स्पष्ट भएको छैन । उनको शव पोष्टमार्टमको लागि पठाइएको छ । मृत्युको कारण रिपोर्ट आए पछि मात्र थाहा हुने बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

सन्दीप ‘केसरी’ मा अक्षय कुमारसँग बट्टा सिंहको भूमिकामा पनि देखिएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय