भारत, ५ साउन । मुंबई पुलिसले शिल्पा शेट्टीका श्रीमान राज कुंद्रालाई पक्राउ गरेको छ । उनलाई पोर्नोग्राफ़िक फ़िल्म बनाएको र त्यसलाई कुनै एप मार्फत प्रचार गरेको आरोपमा पक्राउ गरिएको हो ।
मुंबई पुलिसका अनसार क्राइम ब्रांचमा परेको उजुरीका आधारमा जाँचपडताल गर्ने शिलसिलामा उनलाई पक्राउ गरिएको हो ।
पुलिसले दावा गरेको छ कि सो घटनामा उनको संलग्नता रहेको पर्याप्त सवुत फेला परेको छ । पुलिसले आफ्नो वयानमा यो पनि भनेको छ कि सो घटनाबारे अहिले अनुसन्धान जारी छ ।

मुंबई पुलिसले उनलाई आज अदालतमा प्रस्तुत गर्नेछ ।
कुंद्राका पिता बालकृष्ण ब्रिटेन मा एक मामूली बस कंडक्टर थिए । उनी में नेपाल गए र त्यहाँ पश्मीनाको शलले उनको किस्मत फेरिदियो ।

जब उनी नेपालबाट पुनः ब्रिटेन फर्किए र त्यहाँ नेपाली पश्मीनाको शल ठुलठुला ब्रिटिश फ़ैशन हॉउसमा सप्लाई गरे । त्य व्यापारबाट पहिलो वर्षमै उनले क़रीब दुई करोड पाउंड कमाए । त्यसपछि उनले हिराको व्यापार गरे जसमा उनलाई सफलता प्राप्त भयो । त्यसपछि उनले रूस, यूक्रेन और संयुक्त अरब इमिरेटमा अन्य विभिन्न व्यवसाय गर्न थाले । उनले केवल डेढलाख रुपैयावाट व्यापार सुरु गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर