काठमाडौं, ३ साउन । भारतको मुम्बई शहरको दुई अलग अलग स्थानमा भवन र पर्खाल भत्किएर कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
मुम्बईको बिक्रोली र चेमबुर क्षेत्रमा उक्त घटना भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
समाचार संस्था एएनआईका अनुसार भरतनगर क्षेत्रको चेमबुरमा १७ जनाको मृत्यु भएको छ ।
भूस्खलनपछि पर्खाल भत्किएर वरिपरिका मानिस चेपिन पुग्दा मृत्युको घटना भएको बृहणमुम्बई नगर निगमले जनाएको छ । त्यसैगरी, भिक्रोलीमा समेत यसै प्रकृतिको घटनामा पाँच जनाको मृत्यु भएको छ । भारी वर्षापछि भूस्खलन हुनु, जमिन भासिनु र पुरानो भवन भत्किनु भारतको ठूलो शहरमा सामान्य भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर