काठमाडौं २९ असार । इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल हुसेन अस्पतालमा हिजो आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ ।

तीन महिनाअघि मात्र निर्माण गरिएको उक्त अस्पताल कोरोना भाइरस संक्रमितहरुको उपचार गर्ने अस्पताल रहेको छ ।
सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले बताएका छन् ।
समाचार एजेन्सी एपीका अनुसार अस्पतालका ७० वटा शय्या आगोमा जलेका छन् ।
यस घटनापछि इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीले अस्पताल प्रमुखलाई पक्राउ गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।

घटनाको विरोधमा बिरामीका आफन्तहरुले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले प्रहरीका गाडीहरु पनि जलाइदिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर