काठमाडौं, २६ असोज । आज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा अडिएको हो।
आजै ३५४ वटा स्क्रिप्सको १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार ३६० रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये १०५ वटा स्टक्सको मूल्य बढ्दा १६५ वटाको घट्यो। बाँकी ७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा स्नो रिभर्स लिमिटेडको सेयर १३.९२ प्रतिशतले बढ्यो।
बुंगल हाइड्रोपावरको सेयर ४।७५ प्रतिशतले बढ्दा ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिवेन्चर २०८७ को ४.११ र सुपर माइ हाइड्रोपावरको सेयर ३.३८ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा कामना बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकले २५ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। घलेमादी हाइड्रो र साहास उर्जाले १९र१९ करोडको कारोबार गर्दा लक्ष्मी सनराइज बैंकले १५ करोड र प्राइम कमर्सियल बैंकले १२ करोडको सेयर कारोबार गरे।
पाँचवटा समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए। बैंकिङ,डेभलपमेन्ट बैंक,फाइनान्स,लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूको उपसूचक सकारात्मक देखिएका हुन्।
