काठमाडौं, २२ असोज । आज नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८१ अंकले वृद्धि भएको छ।

कारोबार रकममा पनि सामान्य बढोत्तरी भएको छ। आज कारोवार बढेर तीन अर्ब ९३ करोड पाँच लाखमा पुगेको छ। ३५४ कम्पनीका एक करोड १२ लाख ३३ हजार सेयर कारोबार भयो।

बिहीबार पाँच समूहको सूचक गिरावट हुँदा बाँकी आठ समूहको सूचक वृद्धि भएको छ। वित्त, होटेल तथा पर्यटन, जीवन बिमा, लघुवित्त र अन्य समूहको सूचक ओरालो लाग्दा बाँकी समूह बढेका हुन्। सबै समूहको परिवर्तन एक प्रतिशतभन्दा कम छ।

बढेको बजारमा कुथेली बुखारी स्मल हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्नो रिभर्स, लक्ष्मी भ्यालु फन्ड २ र मेगा म्युचल फन्डका लगानीकर्ताले ६ प्रतिशत कमाए। सर्वाधिक घटेका आरबिबी म्युचल फन्ड २ र घलेम्दी हाइड्रोका लगानीकर्ताले क्रमशः ८.०७ प्रतिशतदेखि ३.३६ प्रतिशतसम्म गुमाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर