काठमाडौँ, ७ असोज । मन्त्रीपरिषद्को असोज २ गतेको निर्णयअनुसार विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरिएको छ।

काठमाडौँ महानगरपालिका –१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो ।

नेपाल विज्ञापन संघका पूर्व अध्यक्षसमेत रहनुभएका श्रेष्ठले काठमाडौँस्थित किङ्ग्‌स कलेज र डन बोस्को कलेजलगायत शैक्षिक संस्थामा प्राध्यापनसमेत गर्नुभएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर