काठमाडौं, २६ भदौ । आज नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ भने कारोबार रकम हिजो तुलनामा वृद्धि भएको छ।
आज नेप्से परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.९८ अंकले वृद्धि भइ ४५३.९२ विन्दुमा अडिएको छ।
३४५ वटा स्क्रिप्सको १ करोड २० लाख ८९ हजार ७०९ कित्ता सेयर ४ अर्ब ३६ करोड १ लाख ५९ हजार ४८७ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन बिहीबार ४ अर्ब ९ लाखको मात्रै कारोबार भएको थियो।
नेप्से दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। उपकार लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशत बढीले वृद्धि भयो। सिन्धु विकास बैंकको ९.५४ प्रतिशतले बढ्दा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको ८.०४ र ९.५ प्रतिशत एनसीसी डिवेन्चर २०८६ को सेयर ७.४५ प्रतिशतले बढ्यो।
आज सबै समूहको उपसूचक सकारात्मक देखिए। डेभलपमेन्ट बैंक,हाइड्रोपावर,इन्भेस्टमेन्ट,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक १ प्रतिशत बढिले वृद्धि भए।
