काठमाडौँ, भदौ २४ गते । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा क्रमशः रकम वृद्धि हुँदै गएको छ । भोटेकोशी नदीमा आएको बाढीपीडितको राहत, उद्धार तथा पुनः स्थापनाका लागि दाताले रकम जम्मा दाखिला गर्न उत्साहित भएका कारण कोषमा रकम बढ्दै गएको हो ।

लिस्बन ९पोर्चुगल० पोर्चुगलबाट होटल व्यवसायी राजकुमार गौतमले आज पाँच लाख आर्थिक सहयोग गर्नुभएको छ । उहाँले सो रकम पोर्चुगलबाटै आज प्रधानमन्त्री राहत कोषमा दाखिला गर्नुभएको हो । उहाँ होटल व्यवसायी हुनुहुन्छ । काभ्रेपलाञ्चोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ९प्याब्सन० काभ्रे, शाखाले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३२ लाख ४६ हजार ७५२ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ ।

प्याब्सन पनौले ११ लाख २४ हजार ३३, प्याब्सनले पाँच लाख, सात हजार ४८४ र बनेपा नगर प्याब्सनले १७ लाख ५२ हजार २३५ सहयोग गरिएको प्याब्सनका उपमहासचिव भीमसेन केसीले बताउनुभयो । वीरगञ्ज महानगरपालिका-१० को शिवम् बचत तथा ऋण सहकारी संस्थाले दुई लाख ५१ हजार प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको अध्यक्ष शिवजीप्रसाद कलवारले बताउनुभयो ।

कपिलवस्तुको तौलिहवास्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ५५ हजार सहयोग गरेको केन्द्रका अध्यक्ष मन्दिप सिंहले बताउनुभयो । तनहुँ समाज, युकेले बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनः स्थापनाका लागि १० लाख १९५ सहयोग गरेको छ । समाजले बेलायतमा सङ्कलन गरेको उक्त रकमको चेक आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको तनहुँ समाज युकेका उपाध्यक्ष निर्मला थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर