नुवाकोट, १७ भदौ । बलिउड अभिनेता सोनु सुदले ‘नेपाल एक्लो छैन। म नेपाली जनतासँग छु। आशा जगाउन, घर पुनर्निर्माण गर्न र परिवारलाई फेरि नयाँ सुरुवात गर्न सक्दो सहयोग गर्नेछु।’भन्नुभएको छ ।
भोटेकोशी बाढी प्रभावित क्षेत्र त्रिशूली किनार पुगेका सुदले त्रिशूली नदी किनारबाट बुधबार सामाजिक सञ्जाल एक्समा सन्देश दिँदै सो वताउनुभएको हो ।
उहाँ मंगलबार नेपाल आउनुभएको हो । उहाँले बाढीले घर, परिवार र मानिसको जीवनमा ठुलो क्षति पुर्याएको बताएका हुन्।
नेपाल आएपछि उहाँले बाढीका कारण घर, परिवार गुमाएकालाई नयाँ सुरुवातका लागि सहयोग गर्ने बताउनुभएको थियो ।
