काठमाडौँ, १ भदौ । सभामुख डोलप्रसाद अर्यालले सासंदव्दारा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्नुभएको छ ।
विपक्षी दलका सांसदहरुले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ माग गर्दै रुलिङका लागि अनुरोध गर्दै आउनुभएको थियो ।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम प्रधानमन्त्रीले प्रतिनिधिसभाका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुपर्ने प्रावधाान रहेको छ ।

यसअघिजस्तै आजको बैठकमा पनि विपक्षी सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गर्दै विरोध जनाउनुभएको थियो ।

विपक्षी सांसदहरुले विरोध जनाएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६ अनुसार ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ’ भन्ने प्रावधानबमोजिम आफ्नो गम्भीर ध्यानकर्षण भएको स्पष्ट गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर