काठमाडौँ, साउन २९ । बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५८ लाख ५४ हजार ६३० जरिबाना ठहर भई फरार रहेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बैङ्किङ कसुर मुद्दामा फरार सिन्धुपाल्चोक घर भई ललितपुरको बालकुमारी बस्ने ३३ वर्षीय गणेश भण्डारीलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतले विभिन्न १० वटा बैङ्किङ कसुरका मुद्दा र दुई वटा चेक अनादर मुद्दामा दोषी ठहर गरेको आरोपमा पक्राउ गरिएको हो।

अदालतले भण्डारीलाई १६ दिन कैद र कुल रु एक करोड ५८ लाख ५४ हजार जरिबानाको फैसला सुनाएको थियो । पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर