काठमाडौं,१असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको तथा पूर्वाग्रहपूर्ण रहेको निष्कर्ष रहेको वताउनुभएको छ ।
अध्यक्ष उपेन्द्र यादवले उक्त कुरा आज एक वक्तव्य प्रकाशित गर्दै वताउनुभएको छ ।
२०७७ जेठ १७ गते वसेको कार्यकारी समितिको वहुमतबाट गरिएको निर्णय गरी सोको प्रतिलिपी संलग्न राखि राजनीतिक दल सम्वन्धी ऐनको दफा ५१ वमोजिम महन्थ ठाकुरलगायत केही सदस्यहरुलाई पार्टी अनुशान सम्वन्धि कार्यवाही गरी पार्टीको जिम्मेवारी पदबाट हटाई अध्यावधिक गर्न दिएको पत्रका साथै निर्वाचन आयोगले मागेवमोजिम सम्पूर्ण कागजात एवम प्रमाणहरुसमेत वुझाई पार्टीको दल दर्ता कितावमा अध्यावधिक गर्न पठाएकोमा सो आयोगले अस्विकार गर्नु आयोगको भूमिका निष्पक्ष हुन नसकेको अध्यक्ष यादवले बताउँनु भएको छ ।
‘निर्वाचन आयोगजस्तो संवैधानिक निकायले पूर्वाग्रहरहीत भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हितअनुरूप गरेको उक्त निर्णय अमान्य हुने भन्दै उहाँले भन्नुभयो ‘यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको छ।’
अध्यक्ष यादवले आयोगले गरेका कामबारवाही विरूद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने पनि चेतावनी पनि वक्तव्यमा दिनुभएको छ ।

