काठमाडौ, १९ माघ । आज नेप्से परिसूचक १.५३ अंकले बढेर दुई हजार ६९५.७३ विन्दुमा कायम भएको हो।

गत साता १४ अर्बभन्दामाथि पुगेको कारोबार रकममा भने क्रमशः गिरावट देखिएको छ। आज एक करोड ७५ लाख सात हजार कित्ता सेयर आठ अर्ब २२ करोड ३९ लाख रुपैयाँमा खरिद–बिक्री भएको हो।

नेप्सेका १३ मध्ये पाँच समूहको सूचक वृद्धि हुँदा बाँकी समूह घटेका छन्। होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन एक प्रतिशतभन्दा धेरैले बढ्दा विकास बैंक, निर्जीवन बिमा र व्यापार समूह एक प्रतिशतभन्दा थोरैले वृद्धि भएका हुन्। घटेका सबै आठ समूहको सूचक एक प्रतिशतभन्दा कमले ओरालो लागेका छन्।

सोमबार एसवाई प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मिथिला लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर