काठमाडौ, १५ माघ । आज नेप्से १७.५३ अंकले घटेर दुई हजार ७१४.०५ विन्दुमा कायम भएको छ ।
आज ३२० कम्पनीका तीन करोड ५४ लाख ७७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। बुधबार ११ अर्ब ३९ करोडको सेयर कारोबार भएकोमा बिहीबार वृद्धि भएको हो।
आज नेप्सेका १३ मध्ये तीन समूहको मात्रै सूचक बढेका छन्। जलविद्युत्, लगानी र म्युचल फन्ड एक प्रतिशतभन्दा कमले उकालो लागेका हुन्। सर्वाधिक घटेका विकास बैंक र उत्पादन तथा प्रशोधन समूहमा दुई प्रतिशतभन्दा धेरैको गिरावट देखिएको छ।
घटेको बजारमा हिमाल दोलखा हाइड्रो र शिवश्री हाइड्रोका लगानीकर्ता सर्वाधिक कमाउने सूचीको शीर्ष स्थानमा छन्। यी कम्पनीको मूल्य नौ प्रतिशतभन्दा धेरैले वृद्धि भएको हो। तर, तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कर्पोरेट विकास बैंक, मिथिला लघुवित्त र सप्तकोशी विकास बैंक १० प्रतिशतले घटेका हुन्।
