काठमाडौ, १२ माघ । आज नेप्से ०.११ प्रतिशतले घटेर दुई हजार ७६९.०९ विन्दुमा कायम भएको छ भे कारोबार रकममा वृद्धि भएको छ।
हिजो साढे १३ अर्बको सेयर कारोबार भएकोमा आज १६ अर्ब १९ करोड ३४ लाख ७४ हजार रुपैयाँ पुगेको छ। ३३२ कम्पनीका तीन करोड ६२ लाख ६४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा सो रकमबराबरको कारोबार भएको हो।
आज नेप्सेका १३ समूहमध्ये चार समूहको सूचक मात्रै उकालो लागेको छ। होटेल तथा पर्यटन सर्वाधिक १.६७ प्रतिशत बढ्दा बाँकी सबै समूहमा एक प्रतिशतभन्दा कमको घटबढ देखिएको हो।
बजार घटे पनि आज पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्वी इनर्जी, सप्तकोशी विकास बैंक र माउन्टेन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
आज सर्वाधिक गुमाउनेमा नेसनल हाइड्रोपावरका लगानीकर्ता छन्। उक्त कम्पनी ३.१२ प्रतिशतले घट्दा कालिका पावर र ज्योति विकास बैंक दुई प्रतिशतभन्दा धेरैले घटेका छन्।
