काठमाडौं, ११ माघ । आज नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेर कारोबार रकम पनि वृद्धि भएको छ।
यसदिन ३३१ वटा स्क्रिप्सको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ रुपैयाँमा खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये २४० वटा स्टक्सको मूल्य बढ्दा १९ वटाको घट्यो भने १ स्टको मूल्य भने स्थिर रह्यो।
नेप्से परिसूचकमा उच्च अंकले वृद्धि हुँदा ८ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। एसवाइ प्यानल नेपाल,श्रीनगर एग्रिटेक,नेपाल माइक्रो इन्स्योरेन्स,बन्दिपर केवलकार ,हिम स्टार उर्जा,माविलुङ इनर्जी,रिलायन्स फाइनान्स र आँखु खोला जलविद्युतको सेयर १० प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत शीर्षस्थानमा रह्यो। सो कम्पनीले ४३ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। यस्तै ग्रिन भेन्चर्सले ३९ करोडको सेयर कारोबार गर्दा शिवम् सिमेन्टले ३२ करोड,युनाइटेड मोदी हाइड्रोपावरले ३० करोड र बन्दिपुर केवलकारले २९ करोडको सेयर कारोबार गरे। यसदिन होटल्स एण्ड टेरिजम समूहको उपसूचक सर्वाधिक ३.३५ प्रतिशतले बढ्यो।
