काठमाण्डौँ, ३० बैशाख । भारतको पञ्जाब प्रान्तको अमृतसर जिल्लामा विषाक्त मदिरा सेवन गर्दा १४ जनाको ज्यान गएको छ।

त्यस जिल्लाको  मजीठा क्षेत्रका मडई र भागली गाउँमा भएको सो घटनामा ६ जना  बिरामी परेका छन्। उनीहरूको  स्उथनीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

अमृतसरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मनिन्दर सिंहले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार,   हिजो सोमबार राति करिब ९:४५ बजे बिषालु मदिरा सेवनबाट ती मानिसहरूको मृत्यु भएको हो । सो सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। त्यहाँ मदिरा आपूर्ति गराउने मुख्य व्यक्ति प्रभजीत सिंह भएकोले उनी सहित चार जनालाई नियन्त्रणमा लिइएको छ।

एसएसपी सिंहका अनुसार, यस घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ भने अन्य ६ जना अस्पतालमा उपचाररत छन्। यो घटना वरपरका पाँचवटा गाउँमा फैलिएको  छ।

प्रहरीले यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ र यसमा संलग्न सबै दोषीहरूलाई पक्राउ गर्ने प्रयास जारी रहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर