काठमाडौं, २८ वैशाख । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थपिएको छ ।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आज वसेको संयुक्त बैठकले सो थप्ने निर्णय गरेको काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले वताउनु भएको छ ।
काठमाडौं उपत्यकामा यस अघि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा थप गरी वैशाख २९ गतेसम्म पुर्याइएको थियो ।
सो वैठकले अब दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ वजेसम्म खोल्न पाइनेमा सो वढाएर १० बजेसम्म खोल्न पाइने निर्णय गरेका
छ ।
वैठकले उपत्यकाभित्रका अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ भने निजी निर्माण सामग्री ओसारपसारमा रोक लगाइएको जनाइएको छ ।
बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम रोक्ने र यस्ता कार्यक्रम घरमा गर्नुपर्दा १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरेको छ ।
