जेरुसेलम, १० कात्तिक । इजरायलले इरानका विभिन्न सैन्य आधारमा शनिबार हवाई आक्रमण गरेको बताएको छ ।
इजरायली सेनाले आफ्नो आक्रमणले इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ ।
त्यसैगरी, इरानले राजधानी तेहरान र देशका अन्य सैन्य आधारमा भागमा इजरायली आक्रमण भएको पुष्टि गरेको छ ।
इजरायलले अक्टोबर १ मा इरानमाथि गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने वाचा गरेको थियो, जुन इस्लामिक गणतन्त्रले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि गरेको दोस्रो प्रत्यक्ष आक्रमण हो ।
“इजरायली सुरक्षा बल ९आईएएफ०को विमानले इरानले इजरायली राज्यमा प्रहार गरेको क्षेप्यास्त्र उत्पादन गर्न प्रयोग गरिने क्षेप्यास्त्र उत्पादन केन्द्रहरुमा प्रहार गरेको छ“, इजरायली सेनाले एक विज्ञप्तिमा भन्यो।
“त्यसैगरी, आईडीएफले अतिरिक्त इरानी हवाई क्षमताहरू प्रहार गरेको छ“, सेनाले भन्यो, “यससँगै हाम्रो मिसन पूरा भएको छ ।”
सन् २०२३ को अक्टोबर ७ मा आफ्नो इतिहासको सबैभन्दा घातक आक्रमणपछि, इजरायलले गाजामा हमाससँग लडिरहेको छ, र गत महिनाको अन्त्यदेखि, यो लेबनानमा हिजबुल्लाहसँग युद्धमा रहेको छ ।
इजरायली सेनाले एक विज्ञप्तीमार्फत इरानबाट भइरहेको महिनौंको निरन्तर आक्रमणको प्रतिक्रार स्वरुप इरानी सैन्य लक्ष्यहरूमा सटीक आक्रमण गरिरहेको बताएको छ ।
आक्रमणपछि इरानले शनिबार सबै उडानहरू स्थगित गरेको उड्डयन प्राधिकरणले घोषणा गरेको छ ।
दमास्कसस्थित इरानको कन्सुलर एनेक्समा भएको घातक आक्रमणको बदलामा इरानले अप्रिलमा इजरायली क्षेत्रमा पहिलो पटक प्रत्यक्ष आक्रमण सुरु गरेको थियो ।
इजरायलमाथि थप आक्रमण नगर्न इरानलाई अमेरिकाको आग्रह
संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ ।
“हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्व यो चक्र थप वृद्धि नगरी अन्त्य गर्न सकियोस्”, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सीन साभेटले पत्रकारहरूलाई भन्नुभयो ।
इजरायली सेनाले शनिबार इरानविरुद्ध सैन्य आधार र मिसाइल उत्पादन केन्द्रलगायत अन्य क्षेत्रहरूमा आक्रमण गरेको छ।
“उनीहरूको प्रतिक्रिया आत्मरक्षाको अभ्यास थियो र इजरायलले जनसङ्ख्या भएका क्षेत्रहरुलाई असर नगर्ने गरी केवल सैन्य लक्ष्यहरू केन्द्रित आक्रमण गरेको थियो”, उहाँले बताउनुभयो ।
इजरायलले इरानमा गरेको अक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नरहेको कुरामा जोड दिँदै साभेटले भन्नुभयो, “मध्यपूर्व क्षेत्रमा तनाव कम गर्नु हाम्रो उद्देश्य हो ।”एएपपी
